Shikhar Insurance
National Life

पर्सामा बने २ आधारभूत अस्पताल, दुई अधुरै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:५९
Hyundai
NCELL
NIMB

पर्सा । सङ्घीय सरकारले पर्सामा ४ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म २ अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ ।

पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्राय: पूरा भएको बताए । पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ ।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न ५८ अर्ब बजेट लाग्ने बताइएको थियो ।

सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि १८ करोड ६ लाख ८२ हजार, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार र पाँच शय्याको अस्पतालको लागि ७ करोड ११ लाख ९७ हजार लाग्ने बताएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्