Skip to content
Shikhar Insurance
National Life

सोल्टी हस्पिटालिटीको साधारण सभा कात्तिक ११ गते, यस्ता छन् एजेण्डा

Hyundai
NCELL
NIMB

काठमाडौं । सोल्टी हस्पिटालिटी लिमिटेडले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले कात्तिक ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, कामनपा वडा नं १३, काठमाडौंमा बस्ने सभा बोलाउँने निर्णय गरेको हो ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक विवरणहरु, नगद प्रवाह विवरण, आर्थिक वर्षको शेयर पूँजीमा (इक्विटी) भएको परिवर्तन तथा लेखा सम्बन्धी वित्तीय विवरणहरुका टिप्पणीहरु सहितका वार्षिक आर्थिक विवरणहरु छलफल गरि पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको वैधानिक लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक स्वीकृत गरी पारित गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्