काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् । मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे । उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रश्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए । उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने जानकारी दिए । उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिए ।
उनले संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्