Shikhar Insurance
National Life

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको समायोजन अघिको मूल्य ६ सय ५ रुपैयाँको आधारमा १० प्रतिश सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गुँरास लघुवित्तको समायोजन अघिको सेयर मूल्य १८१८ रुपैयाँ ८० पैसाको आधारमा १४.२५ प्रतिशत समायोजन भएको हो भने समायोजन पछिको मूल्य १ हजार ५ सय ९१ रुपैयाँ ९५ पैसा रहेको छ ।

साथै, अब बैंकको सेयर दोस्रो बजारमा बुधबार असोज १६ गतेदेखि कारोबारमा आउँनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्