Shikhar Insurance
National Life

नख्खुखोला बाढी पीडितको गुनासो : सरकार भएको आभाष नै भएन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् । खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् ।

उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । ललितपुर महानगरपालिका भित्र पर्ने सो क्षेत्रमा महानगरपालिकाले समेत कुनै वास्ता नगरेको गुनासो उनीहरुको छ । आफन्त कहाँ गाँस र बासको सहारा लिन बाध्य भएका उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । अस्थायी टहरा भित्र कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो करिब २०/२५ लाख बराबरको क्षति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको गुनासो गेरे । उनले तत्काल आफूहरुलाई क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाढीले घरवास उठाएपछि आफूहरु अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धले बताए । उनले सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे । बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । उनले बालबच्चालाई राख्नका लागि भाडाको कोठा समेत नपाएको गुनासो गरे । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुने उनको भनाइ थियो ।

ललितपुरमा अविरल वर्षासँगै नख्खु खोलामा भिषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ । बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ । यता, स्थानीय सरकार र संघीय सरकारले पनि हालसम्म पनि कुनै सहायता नदिएको भन्दै आक्रोशित भएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्