Shikhar Insurance
National Life

विपद् प्रभावित व्यक्तिहरूको उद्धार कार्य २ दिनभित्र सम्पन्न गछौँ : ओली

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १७:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गर्ने बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले भारी वर्षाले आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित व्यक्तिहरूको २ दिनभित्र उद्धार गर्ने बताएका हुन् ।

उनले प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता समेत दिइने बताए । बाढी पहिरो तथा डुबानका कारण मृत्यू एवम् बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने ओली जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘विपदबाट प्रभावित घरपरिवारलाई राहत उद्धार लगायतका विषयमा प्रदेश, स्थानीय तह एवं सम्बद्ध पक्षसँग आवश्यक समन्वय तथा सहजीकरण प्रभावकारी बनाउन सहसचिवहरूको नेतृत्वमा विपदबाट बढी प्रभावित जिल्लाहरूमा सम्बद्ध मन्त्रालयका कर्मचारी समावेश गरी स्थलगत टोली परिचालन गरी सकिएको छ ।’

हालै मनसूनजन्य विपदबाट मानव वस्ती, पूर्वाधार, कृषिबाली तथा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक लेखाजोखा एक महिनाभित्र सम्पन्न गरी जनजीवनलाई सामान्य बनाउन प्रदेश तथा स्थानीय तहसँग समेत समन्वय गरी आवश्यक कार्य सम्पन्न गरिने उनले उल्लेख गरे । उनका अनुसार विपदबाट भएको क्षतिको विस्तृत क्षति मूल्याङ्कन गरी पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रमहरूको कार्ययोजना तत्काल तर्जुमा गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा कार्यान्वयन गरिनेछ ।

हालैको बाढी पहिरोबाट हालसम्म भौतिक क्षतिको प्रारम्भिक आंकलन अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको विज्ञप्तीमा उल्लेख छ ।

सञ्चालनमा रहेका मध्ये कुल ६६७.९३ मेवा जडित विद्युत् क्षमताको १६ वटा जलविद्युत आयोजनाहरू, कुल ११३९.१९ मेवा जडित विद्युत क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरू र ५ वटा प्रमुख प्रसारण टावरहरूमा क्षति भएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ३१२ साइटमा क्षति भएको र ७. कृषि तथा पशुपन्छी तर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्