Skip to content
Shikhar Insurance
National Life

हवाई भाडामा भएको मनपरी वृद्धिप्रति अनेरास्ववियूको ध्यानाकर्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले हवाई भाडामा भएको वृद्धिलाई तुरुन्त रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियूले मंगलबार एक विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी-पहिरोमा परेका नागरिकको घाउँमा मलहम पट्टि लगाउनु पर्ने बेला भाडा वृद्धि गरी झन मर्कामा पारेको भन्दै ध्यानाकर्षण गराएको हो ।

अविरल वर्षापछि आएको बाढी-पहिरो र देशका विभिन्न भागहरूमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै अनेरास्ववियूले यस दुखद घडीमा बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको नि:शुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाई र अवरुद्ध सडकहरुको मर्मत संभार गर्नु सरकारको दायित्व रहेको जनाएको छ ।

अनेरास्ववियूले विज्ञप्तीमा भनेको छ, ‘हवाई भाडा साविकको भन्दा पनि धेरै लिएको जन गुनासो आइरहेको छ । तसर्थ, माननीय मन्त्री ज्यु मार्फत हवाई भाडामा भएको मनपरी वृद्धिलाई तुरुन्त रोक लगाई यस्तो बेलामा गरिब, असाहय र विद्यार्थीको लागि नि:शुक भाडा गर्न र आम नागरिकको लागि साविकै भाडा कायम गरि सहयोग गर्न हाम्रो संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छ ।’

पर्यटनमन्त्री पाण्डेमार्फत समयमा नै हवाई भाडा वृद्धिमा रोक नलगाए संगठन नै आन्दोलनमा उत्रिने समेत अनेरास्ववियूले चेतावनी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्