काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को बिन्दुमा पुगेको छ ।
म्ंगलबार ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको छ ।
आज २५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज २७६ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्