Shikhar Insurance
National Life

सेयर बजारमा उछाल, ११४.७० अंकले बढ्यो बजार

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को बिन्दुमा पुगेको छ ।

म्ंगलबार ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २५ कम्पनकिो सेयरमा सकरात्मक सर्किट लागेको छ भने एनएमबी ५० को सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्