Shikhar Insurance
National Life

विदेशी मुद्रा अपचलनमा पौडेल दम्पत्तीलाई करिब २ अर्बको मुद्दा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १४:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण कोषका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले उनीहरुविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा बिगोको तीन गुना १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ रुपैयाँ मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोग दायर गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलविरुद्ध विदेशी मुद्रा अपचालन गरेको पुष्टी भएकाले ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ बीस पैसा बिगो कायम हुन आएको र विदेशी विनिमय गर्ने ऐन २०१९को दफा १७ बमोजिम ३ गुनाले मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले एक विज्ञप्तीमार्फत जनाएको छ ।

त्यस्तै, पौडेलकी पत्नी बस्नेतविरुद्ध विकल पौडेलले गरेको अवैध विदेशी मुद्रा कारोबार गर्ने कार्यमा संलग्न देखिएकोले उनलाई फरार कायम गरी ४ करोड ५८ लाख १२ हजार २२० रुपैयाँ सजाय हुन मागदाबी लिई अभियोग दायर गरिएको छ ।

त्यसैगरी, विभागले बस्नेतले १ लाख २९ हजार अमेरिकी डलर लिएर फरार भएको कायम गरी त्यस आधारमा नेपाली १ करोड ५२ लाख ७० हजार बढी रुपैयाँ बिगो कायम गरी ऐनबमोजिम मुद्दा दायर गरिएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्