Shikhar Insurance
National Life

विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारीलाई जोड दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारीलाई जोड दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले विपद्बाट ज्यान गुमाएकाहरुको दु:खमा सरकारले शोक घोषणा गरेको बताउँदै देशलाई ठूलो जनधनको क्षति भएको बताए । उनले सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरुबाट नेपालीहरुले ज्यान गुमाएकोप्रति दु:ख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको बताए । उनले विपद् खबर गरेर नआउने भन्दै पहिलैबाट पूर्वतयारी गर्नुपर्ने जानकारी दिए । पूर्वतयारी राम्रो भए क्षति कम गर्न सकिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले संघीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा पनि राम्रा र ठूला अस्पतालहरु रहेको भन्दै तीन तहका सरकारको समन्वयबाट विपद् प्रभावितहरुको उपचारलाई प्रभावकारी बनाउन सकिने बताए ।

राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरुको बारेमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । केन्द्र, प्रदेश र स्थानीय तहले विपद्मा परेकाहरुको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै राज्यको अहिलेको दायित्व भएको बताए । उनले सबै मिलेर विपद्बाट बच्ने काममा लाग्नुपर्नेमा जोड दिए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्