Shikhar Insurance
National Life

नीतिगत रुपान्तरणमा इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु : पर्यटनमन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नीतिगत रुपान्तरणमा इतिहासमै कुनैपनि मन्त्रीले नगरेको काम गरेको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् ।

उनले इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास आफूले गरेको भन्दै अहिले नीतिगत रुपान्तरणमा निकै ठूलो प्रयास भइरहेको बताए । उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरुको लाइन लाग्ने जिकिर गरे । उनले संस्कृति नीति तयार भइरहेको, पर्यटन नीति, समसामयिक नीति तयार भइरहेको बताए । हवाई नीति, नयामक निकाय र सेवा प्रदायक निकायको विधेयक पनि अघि बढाइने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनालाई लिएर समायोजन, एकरुपता र न्यायोचित बनाउने गरी बीमा सम्बन्धी ऐन ड्राफ्ट गरिरहेको बताए । गैरसैनिक हवाई उड्डयनको विधेयक पनि तयार गरिरहेको जानकारी दिए । उनले पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐन र पशुपति क्षेत्र विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार गरिरहेको बताए । मन्त्री पाण्डेले ठूलो नीतिगत र कानूनी रुपान्तरणका लागि प्रयास भइरहेको जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्