Shikhar Insurance
National Life

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँन समितिले सुरु गर्यो काम

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आईतवार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम शुरु गरिएको समितिका संयोजक डा शम्भुप्रसाद आचार्यले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संयोजक डा आचार्यले भने, ‘विगतका अनुभवलाई पनि लिएर भविष्यमा कसरी जाने । नेपालमा स्वास्थ्य बीमा प्रोग्रामलाई कसरी बढी प्रभावकारी बनाएर लैजाने भन्ने रोडम्यापसहित रिपोर्ट आउँछ होला । र त्यसले भविष्यमा यसलाई कसरी लैजाने र कुन हदसम्म जाने भन्ने भन्ने कुरा डिसाईट गर्छ । भर्खरै यो समिति शुरु भएको छ । यसमा छलफलको आधारमा खाका बन्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोईराला, विकास अर्थशास्त्री डा रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए ।

समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्