काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार १२ असोज गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेकाे थिए । अब यातायात व्यवस्था विभागसँग बैठक बसेर सरकारसँग छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्