Shikhar Insurance
National Life

केपी ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्नुपर्छः युवा संघ नेपाल

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार २०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल निकट युवा संघ नेपालले पार्टी एकताका लागि केपी ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने धारणा अघि सारेको छ ।

पार्टी एकता सम्बन्धमा आफ्नो धारणा अघि सार्दै युवा संघ नेपालले एक व्यक्ति एक पदलाई कार्यान्वयन गर्दै ओलीले राजीनामा दिनुपर्ने बताएको हो । ‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड के.पी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पद बाट राजिनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागी जोडदार माग गर्दछौं ।’, युवा संघले विज्ञप्तिमा भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युवा संघले सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै २०७५ जेठ २ अघिको पार्टी सरंचनामा फर्कन, प्रतिनिधी सभा विघटनको निर्णय प्रति आम्मालोचना गर्न पनि अध्यक्ष ओलीलाई आग्रह गरेको छ । युवा संघले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बिरुद्धको खोप नेपाली जनताले यथासिघ्र लगाउन पाउने व्यवस्था गरी सम्पुर्ण आम नेपाली जनताको जिवन रक्षा गर्न पनि माग गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्