Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाटभटेनीका संचालक मिन बहादुर गुरुङको १ करोड ११ लाख सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भाटभटेनी सुपर मार्केटका संचालक मिन बहादुर गुरुङले १ करोड ११ लाख ११ हजार ११ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

प्रधामन्त्री केपी शर्मा ओली अमेरिका बाट फर्किए लगतै मिन बहादुरका दम्पति पुगेर प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरेका हुन् । कोषमा विभिन्न व्यवसायिक घरानाहरुले रकम जम्मा गर्ने क्रम बढेको छ । आइतबार सिटिजन्स बैंक इन्टरनेश्नले कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री कैपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !!’

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE