Shikhar Insurance
National Life

 आयल निगमले घटायो पेट्रोल, मट्टितेल, डिजेलको मूल्य

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार २१:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले डिजल पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ मूल्य पठाएसँगै निगमले मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल र मट्टितेलमा समान २ रुपैयाँले घटाएको हो । हवाई इन्धानमा प्रतिलिटर ६ रुपैयाँले  मूल्य घटाएको छ ।  घटाएको मूल्य सोमबार राती १२ बजेदेखी लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घटेको मूल्य अनुसार अब । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । यसैगरी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य घटाउन निगम बोर्ड बैठक सोमबार साँझ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बसेको थियो ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्