Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकहरुलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १८:२७
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिका वाड नं. १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट Additional Director  डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका गरेका हुन् । सम्झौता अनुसार सिओएमएसमा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशत छुट पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका ग्राहकहरुले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सुविधा प्राप्त गर्नको लागि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्