काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बुद्ध एयरबीच विशेष छुट सम्झौता भएको छ । बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् मोबाइल बैंकिङ्ग एप्लिकेशन प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउने गरी सो सम्झौता भएको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएको छ । बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्