Shikhar Insurance
National Life

महासंघले विपद पिडितलाई १/१ लाख सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १७:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अविरल वर्षाबाट अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

महासंघले असोज १० गतेदेखिको अविरल वर्षाका कारण ज्यान गुमाउँनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै १/१ लाख आर्थिक सहयोग गर्ने भएको हो । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरि, बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन समेत महासंघले आग्रह गरेको छ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराउँने पनि महासंघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्