Skip to content
Shikhar Insurance
National Life

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ : मन्त्री दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् । दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने जानकारी दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले जानकारी दिए । मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दु:खमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गरे । मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने जानकारी दिए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्