Shikhar Insurance
National Life

लाइभस्ट्रिममार्फत नेपालको पहिलो अफ-रोडर एसयुभि जेइको जेसिक्स सार्वजनिक

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारणमार्फत जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रमकाबीच प्रोडक्ट ब्रिफिङ गरेको हो ।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, एसपिजि अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ(रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इभि तथा गाडी पारखीमाझ यस एसयुभिले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ । हालसालै धुलिखेलस्थित डर्ट(टेम्पल अफ-रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ(रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको छ ।

जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार-उपयोगी विशेषताहरू प्रदान गर्दछ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ ।

जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ । कम्पनीका अनुसार एक्स्ट्रिम यु-टर्न गर्ने बेलामा गाडीको ‘अल-टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ ।

स्लोप, लो-कसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । साथै स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ-रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ ।

साथै, जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ । यसको वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटि सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर-वेडिङ डेप्थ प्रदान गर्छ ।

यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् । साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्