Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्यो ५ करोडसम्म कृषि कर्जा प्रदान गर्ने प्रोडक्ट

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘एक प्रदेश एक विशेष’ कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको सुरु गरेको छ । बैंकले सबै प्रदेशका कृषि विकासका लागि अधिकतम ५ करोड रुपैंयासम्म कर्जा प्रदान गर्ने प्रोडक्टको सुरु गरेको हो ।

कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने बैंकले जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बैंकका अनुसार ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ ।

कर्जाको बीमा गर्ने र बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्