Shikhar Insurance
National Life

टेलिकम र एनसेलले पठायो २ दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो ।

जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले सर्वसाधारणलाई मोबाइल एसएमएस पठाउन नेपाल टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो’, उनले भने ‘असोज ११ र १२ गते गरी दुई दिनमा मात्रै विपद्को जोखिम भएको क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई एसएमएस पठाएका थियौँ ।’

हाल जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले जानकारी दिए ।

‘हामी प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ’, उनले भने ‘यस्तो विपद् ल्याउने किसिमको वर्षा हुन्छ भनेर हामीले मौसमी बुलेटिनमा प्रकाशित गरिसकेका थियौँ । विपद्पछि पनि पूर्व सूचना दिन एसएमएस पठाएका थियौँ । कयौँले थाहा पाएर पनि हेल्चेक्र्याइँ गरेका कारण मानवीय क्षति भएको छ ।’

उनका अनुसार बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ । नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन नि:शुल्क एसएमएस प्रवाह गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर (एमओयू) भएपछि एसएमएस प्रवाह गर्न सहज भएको उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्