Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकहरुलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:१०
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेजका तर्फबाट  Additional Director  डा.मनोहर प्रधान असोज १३ गते समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । सिओएमएसमा उपचार गर्दा बैंकका ग्राहकहरुले औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेत २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

त्यसैगरी, नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका सदस्य तथा परिवारलाई कलेज अफ मेडिकल साईन्सेस (सिओएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २० प्रतिशत छुट हुने भएको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट उपनिर्देशक प्राडा राजेश यादव र सहकारीका अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार किसान सहकारीका सदस्य र उनीहरुका परिवारलाई सिओएमएसमा उपचार गर्दा सम्पूर्ण सेवाका साथै एक्सरे, युएसजि सेवामा समेत २० प्रतिशत छुट पाउने छन् ।

यो सुविधा लिनका लागि सहकारीको परिचयपत्र र परिवारका सदस्यले नाता खुल्ने कागजात ल्याउनु पर्ने सम्झौतामा उल्लेख छ । किसान सहकारीले आयोजना गर्ने नि:शुल्क स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक सहयोग गर्ने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्