Shikhar Insurance
National Life

बाढीपछिको काठमाडौं (फोटो फिचर)

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । गत बिहिबादेखिको अविरल वर्षाले बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालल व्यहोरिरहेको छ । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो ।

धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो । यही सेरोफेरोमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही तस्बिरहरु ।

GBIME

प्रतिक्रिया दिनुहोस्