Shikhar Insurance
National Life

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्वाइट फेदर्स ज्वेलरीले चाडबाड लक्षित गरेर आफ्ना ग्रहकहरुका लागि दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नु नपर्ने तथा ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्ने ज्वेलरीले जनाएको छ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ । २ महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् । यस्तै, प्रत्येक महिना १ जोडी (दम्पत्ति)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् । यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् । यसैगरि, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् । हरेक हप्ता विभिन्न अफर ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरुले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यस अन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एक जनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’ गर्न पाउनेछन् । यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् । साथै, यस अन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरुले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् । यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक सञ्चालक स्किनर रसाइलीका अनुसार मंसिर ३ गतेसम्म चल्ने यस योजनाले ग्राहकहरुलाई सुनचाँदीका गरगहना खरिदमा सहुलियत प्रदान गर्नेछ भने विभिन्न उपहारसहित बम्परमा हालै मात्रै लन्च भएको ‘आईफोन १६’ जित्ने मौका समेत प्राप्त हुनेछ । काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्