काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २२.३६ अंकले घटेर २४६४.४० मा पुगेको हो ।
आइतबार ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँ कारोबार भएका छ ।
आइतबार अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको ९.४५ प्रतिशत, उप्पर हेवाखोला हाइड्रोपावरको ९.१७ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ८.८२ प्रतिशत सहित २२८ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्