Shikhar Insurance
National Life

विपद्जन्य घटनाका पीडितलाई ५० लाख सहयोग गर्ने काँग्रेसको निर्णय

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १४:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आइबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।

उनले ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताउँदे विपद्जन्य घटनाप्रति दु:ख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको नि:शुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

उनले भने, ‘२०८१ साल मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको छ । वागमती प्रदेशमा अत्यन्त ज्यादा प्रभाव पारेको छ । यस सम्बन्धमा पनि पार्टीले महत्त्वपूर्ण निर्णय गरेको छ ।’

‘बेपत्ताहरुको खोजिमा हरसम्भव प्रयास तिब्र ढंगले गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको नि:शुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारलाई अनुरोध गरेको छ । बाढी र पहिरोका कारण आपत्, विपद्मा परेका नागरिकहरु छन्, बाटोमा रोकिएका छन्, अझै बेपत्ताहरुको खोजी गर्नुपर्ने छ, खोजि राहत कार्यलाई तिब्रताका साथ अघि बढाउन पनि सरकारसँग आग्रह गरेको छ’ उनले भने ।

त्यस्तै, बैठकले पीडितहरुको सहयोगका लागि नेपाली काँग्रेस पार्टीको तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने, संसदीय दलले पनि ५० लाखमा योगदान दिन १५ दिनको सांसदहरुको तलब योगदान गर्ने निर्णय गरेको सांसद महतले बताए ।

काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । एक महिने संगठन परिचालन कोजाग्रत पूर्णिमासम्म स्थगन गरिएको पनि प्रवक्ता महतले जानकारी दिए ।

उनले संगठन परिचालन स्थगन गरी विपद् खोजि तथा उद्धार कार्यमा लाग्न पार्टीले निर्देशन दिएको बताउँदै कोजाग्रत पूर्णिमामा गर्ने चियापान कार्यक्रम यस वर्षका लागि नगर्ने निर्णय भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्