काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेको छ । देशभर शुक्रबार (असोज ११ गते) देखिको अविरल वर्षाले धनजनको क्षति भएपछि नागरिकको जिउधनको रक्षा गर्ने उदेश्यले बैंकले कोषमा सहयोग गरेको हो ।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोख्रेलले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो रकमले देशभर वर्षा तथा बाढीबाट प्रभावित व्यक्तिहरुलाई उद्धार गर्न सहयोग पुग्ने बैंकको विस्वास व्यक्त गरेको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बिहिबार रातिदेखी सुरु भएको वर्षाले काठमाडौं उपत्यका सहित देशभर जिउधनको क्षति भएकोमा सिटिजन्स बैंक दु:ख व्यक्त गर्दछ, बाढीबाट पिडित बनेका नागरिकहरुको उद्धारका लागि बैंकको सहयोगले महत्वपुर्ण भुमिका खेल्छ भन्ने विस्वास छ ।’
प्रतिक्रिया दिनुहोस्