Shikhar Insurance
National Life

नेपाल टेलिकमले ल्यायो बम्पर दशैं अफर, अल नेट अनलिमिटेड भ्वाइस ७९९ रुपैयाँ मै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १३:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लक्षित गर्दै दशैं अफर २०८१ उपलब्ध ल्याएको छ । कम्पनीले सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरुसहित सो अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमश: ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५ सय मिनाहा समेत गरिएको छ । यसैगरी, कम्पनीले दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ । आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरु खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीले लाभ लिनुहुने विश्वास कम्पनीको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्