Shikhar Insurance
National Life

आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) राष्ट्र बैंकले  मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट नोट सटही गर्न सकिने जानकारी दिएको हो ।

चाडबाडका समयमा मुख्यतया: पाँच, १०, २०, ५० र १०० दरका नोटहरुको माग अत्यधिक हुने गरेको छ । सुकिला नोट साट्न चाहानेले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाइएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।

विगतका दशैंमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्