काठमाडौं । बाढीले आयोजनामा क्षति पुर्याएपछि माण्डु हाइड्रोपावरको विद्युत उत्पादन ठप्प भएको छ।
असोज ११ गतेदेखिको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले आयोजनाको पावर हाउस र हेड वक्र्स रहेको भौतिक संरचनालगायत उपकरणमा क्षति पुर्याएपछि कम्पनीको विद्युत उत्पादन बन्द भएको हो ।
सोही कारणले प्लान्ट सञ्चालन अवरुद्ध भई काबु भन्दा बाहिरको सिर्जना भई विद्यत उत्पादन बन्द भएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्