Shikhar Insurance
National Life

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबस झ्याप्लेखोला पहिराेमा परेकाे आशंका

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना ४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको बस यही हुन सक्ने आशंका गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्