काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिामिटेडले आर्थिक वर्ष २०८०/ ०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको निर्णय सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुँक्ता पूँजी १ अर्ब ४५ करोड बमोजिम बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
साथै, कम्लेपनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्