Shikhar Insurance
National Life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटिजन्स बैंकको २५ लाख रुपैयाँ सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन १२, शनिबार १३:२६
Hyundai
NCELL
NIMB

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेको छ । देशभर वर्षाले नागरिकको जिउधनको रक्षा गर्ने उदेश्यले बैंकले कोषमा सहयोग गरेको हो ।

बैंकले कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो । सो रकमले देशभर वर्षा तथा बाढीबाट प्रभावित व्यक्तिहरुलाई उद्धार गर्न सहयोग पुग्ने बैंकको विस्वास व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले एक विज्ञप्ति जारी गर्दै, ‘बिहिबार रातिदेखी सुरु भएको वर्षाले काठमाडौं उपत्यका सहित देशभर जिउधनको क्षति भएकोमा सिटिजन्स बैंक दु:ख व्यक्त गर्दछ, बाढीबाट पिडित बनेका नागरिकहरुको उद्धारका लागि बैंकको सहयोगले महत्वपुर्ण भुमिका खेल्छ भन्ने विस्वास छ ।’

बैंकका कार्यकारी अधिकृत गणेश राज पोख्रेलले भनेका छन्, ‘हामी सिमित स्रोतका बिचमा पनि कठिन समयमा विभिन्न जिल्लाहरुमा सहयोग गरिहरेका छौं ।’

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्