Shikhar Insurance
National Life

नमस्ते पेमा बम्पर अफर : उडान टिकटमा आकर्षक क्यासब्याक

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नमस्ते पे ले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । नमस्ते पेले दशैँ तिहारलाई लक्षित गर्दै सो अफर ल्याएको हो ।

यो अफर असोज ११ गतेदेखि कार्तिक ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उड़ान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १ सय क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन,एफटीटीएच, र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २५ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्यासब्याक हरेक टिकट र हरेक पटकको टप-अप तथा बिल भुक्तानीमा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्