Shikhar Insurance
National Life

बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा हटेपनि वाणिज्य बैंकहरूले असार ७ सम्म ५ किसिमको मात्र सेवा दिने

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाईएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले एक सूचना जारी गर्दै पुरानो व्यवस्थालाई फुकुवा बनाइएको जनाएको हो ।

यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएको निर्देशन खारेज भएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स  कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो ।

कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै न्यून शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिईएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार सम्बन्धित बैंकले सञ्चालन गर्ने शाखाको संख्या तय गर्न सक्नेछन ।

यता बैंकहरुको सेवा कटौती भने यथावतै छ । बैंकहरूले वैशाख अन्तिमबाट ५ प्रकारको मात्र सेवा प्रवाह गर्दै आएका छन् । ५० हजारभन्दा बढीको निक्षेप संकलन गर्ने र निक्षेप लिने तथा अत्यावश्यकका अन्य सेवा प्रवाह गर्नेबाहेक सेवा ठप्प छन् ।

नेपाल बैंकर्स संघले यस्तो निर्णय गरेको थियो ।

कोटा खुला गरी बैंकहरूले आवश्यकताअनुसार शाखा खोल्ने व्यवस्था भएपनि पूर्वत अवस्थामा सेवा सञ्चालन गर्नेबारे नेपाल बैंकर्स संघले कुनै निर्णय गरेको छैन । यद्यपी बैंकमा आएका ग्राहकलाई फिर्ता नपठाउने गरी उल्लेखित ५ बाहेकको सेवा पनि दिइरहेका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले असार ७ गते सम्म निषेधाज्ञा कायमै रहेका कारण सबै सेवा खुला गर्ने नगर्ने/भन्ने निर्णय भइनसकेको बताए ।  “संघबाट यसबारे निर्णय भइसकेको छैन,” दाहालले सिंहदरबारसँग भने, “यो साता हामी बैंकमा ग्राहकको भीड के कति हुन्छ ? अवलोकन गर्नेछौं । त्यसपछि मात्र आवश्यक निर्णय लिइनेछ ।”

कोरोना अवधिभर वाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवामात्र दिँदै आएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्