Shikhar Insurance
National Life

निरन्तर वर्षातसँगैको लेदोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १६:२१
Hyundai
NCELL
NIMB

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौंबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

.

GBIME

प्रतिक्रिया दिनुहोस्