Shikhar Insurance
National Life

दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणा : ७० प्रतिशत छुटसहित फ्री डेलिभरी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । दराज नेपालले चाडपर्व लक्षित गर्दै बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ । कम्पनीले उपभोक्ताले ७० प्रतिशत छुट, नि:शुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजार नगद छुट प्राप्त गर्न सक्ने सो क्यम्पेनको घोषणा गरेको हो ।

यो क्याम्पेन असोज ११ गतेदेखि कार्तिक १ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् । कम्पनीका अनुसार अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १ हजार ५ सय सम्म १५ प्रतिशत छुटको मजा लिन सक्ने कम्पनीले जनाएको छ । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ ।

त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्