Shikhar Insurance
National Life

यस्तो आउँदैछ गण्डकीको बजेटः कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १३:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । गण्डकी प्रदेशको बजेट आज गण्डकी प्रदेशसभामा प्रस्तुत हुँदै छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट भाषण गर्दैछन् ।

गण्डकी प्रदेशले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बजेट बनाँदैछ । कोभिड–१९ को महामारीबाट सिर्जित समस्याहरूको सम्बोधन गर्नका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रम सवलीकरण, समन्वय र सहयोग गरिने बजेटको योजना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण समाग्री तथा औषधिको व्यवस्था बजेटले गर्नेछ । कोरोना सङ्क्रमणका कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्थाका साथै कोरोनाका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायतका परिवारलाई नगद राहत उपलब्ध गराइने बजेटमा समावेश कार्यक्रम हो ।

बजेटले कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन र रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीका लागि सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिनेछ भने नेपाल सरकारसँगको सहकार्यमा सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश उक्त अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पताल सेन्टर अफ एक्सिलेन्सीको रुपमा विकास गरिने छ ।

प्रदेशका सबै पालिकामा मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो । बजेटमार्फत् बलात्कार वा अन्य प्रकृतिका यौन हिंसामा परेका बालिका तथा किशोरीलाई उनीहरूको चाहना अनुसारको व्यावसायिक शिक्षा तथा उच्च शिक्षा निःशुल्क उपलब्ध गराउने व्यवस्था हुँदैछ ।
एम्बुलेन्स नभएका स्थानीय तहमा लागत साझेदारीमा एक एम्बुलेन्सको व्यवस्था गरिने जानकारी दिदै उहाँले प्रदेशमा सञ्चालित एम्बुलेन्समा जिपिएस टयापिङमार्फत एकिकृत प्रणालीमा आवद्ध गरी सञ्चालन गरिनेछ भने ज्येष्ठ नागरिक तथा बालबालिकालाई घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिने छ ।

कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिदै रैथाने तथा स्थानीय वालीको संरक्षणका साथै दलहन, तेलहन वालीको उत्पादनमा जोड दिइने बजेटमा समावेश छ । मासुको लागि लिमे र दुग्ध उत्पादनका लागि पार्कोटे जातको भैसीको संरक्षण र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेशको पहिचान तथा मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्दै प्रदेश भित्रका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकीय पूर्वाधार विकासका कामलाई निरन्तरता दिइने छ ।

यसअघि नीति तथा कार्यक्रममा भानुभक्त प्राणि उद्यान र पोखरा प्राणि उद्यानबीच अन्तरसञ्जाल निर्माण गरी मानव वन्यजन्तु द्वन्द्व न्युनीकरणमा जोड दिइने उल्लेख थियो । पानीको अभावमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा सामूदायिक वन उपभोक्ता समूहको सहकार्यमा कम्तीमा एक सामूदायिक वन एक पोखरी निर्माण अभियानलाई अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख थियो ।

उत्तर दक्षिण द्रुतमार्ग कोरोला पोखरा दुम्कीवास हुँदै त्रिवेणीको निर्माण कार्यलाई निरन्तरता दिइने कार्यक्रममा समावेश छ । सांस्कृतिक तथा व्यापारिक महत्वको त्रिवेणी क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरिने बताउँदै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ । बजेटले यीनै कार्यक्रममा आवश्यक रकम विनियोजन गर्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्