Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ ।

विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने गरी सो सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रालि (नियो रेमिट) तथा युनाईटेड रेमिट प्रालिबीच यस्तो सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रालि(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनाल र युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्