Skip to content
Shikhar Insurance
National Life

नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ

Hyundai
NCELL
NIMB

काठमाडाैं ।नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।  गत असोज १० गते बिहीवार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् ।

उनीहरुले वर्षोदेखि डुंगाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुंगे पुलले आफूहरुलाई धेरै सुविधा दिएकाले आफूहरु सबै खुशी रहेका स्थानीयवासीको भनाइ थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गरेका थिए ।  सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे । अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाइ थियो ।

सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्