Shikhar Insurance
National Life

पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्त्वपूर्ण रहेको बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए । उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताउँदै पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ । टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमिलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ । पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अभm हामीले अघि बढाउन जरुरी छ । समस्याहरुको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको बताए । उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने जनाए । देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताउँदै पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्