काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन मूल्य आज १ लाख ६१ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको छ । अघिल्ले दिन १ लाख ६० हजार हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
साथै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ५५ रुपैयाँमै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्