Shikhar Insurance
National Life

कर्णालीमा रडाको: नीति तथा कार्यक्रम पारित भएन, बजेट के होला ?

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १२:५३
Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संवैधानिक बाध्यता छ तर नीति तथा कार्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमा भाग लिए लगत्तै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताए । सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै सकसमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए । –रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्