काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.८१ अंकले घटेर २४८६.६७ को बिन्दुमा पुगेको छ ।
बिहीबार ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार २२४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ८४.१० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्