Shikhar Insurance
National Life

करिब २१ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति भने ४.४० प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १३:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । राष्ट्र बैंकले आज प्रकाशन गरेको चालु आर्थिक वर्ष पहिलो महिना सम्मको विवरण अनुसार नेपालको मुद्रास्फीति ४.४० प्रतिशत रहेको हो ।

त्यस्तै, आयात ०.६ प्रतिशत र निर्यात ९.६ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ ।

नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्