Shikhar Insurance
National Life

‘बजार घट्नुमा हाम्रै दोष छ, हामी व्यापारी बनेर बिग्रियौं’

अनिष मिजार
२०८१ आश्विन १०, बिहीबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ । नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३ हजार अंक माथि पुगेको थियो ।

यसरी केही समय उचाई लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । ३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैँले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायहरुमा पुगेर निर्देशन समेत दिँदै आएका छन् । तर पनि बजारले सुधारको गति लिन सकेको छैन । अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्युन बिन्दुतर्फ झर्नुको पछाडी नीतिगत र सरकारको कारण भन्दा पनि लगानीकर्ताको कारण देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हद भन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । २ हजार अंकको शेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रुपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरुले समेत स्वीकार गरेका छन् ।

पुँजीबजार लगानीकर्ताहरुले बजारलाई स्वत:स्फुर्त भन्दा पनि लगानीकर्ता अनकुल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला,पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको जानकारी दिइन् । उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाए ।

अध्यक्ष पोखरलेले सेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकुल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् । उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको जानकारी दिइन् । उनले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् । उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ता भन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् ।

उनले पुँजीबजार माथि जाँदा ६२ लाख लगानीकर्ता बजार प्रवेश गरे जस्तो लाग्ने र बजार तल जाने बित्तिकै बजार सुस्ताएको जस्तो देखिने बताइन् । उनले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उल्लेख गरिन ।

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने,कति समय धैर्य गर्ने भन्ने दीर्घकालिन योजना विना लगानी गर्दा बजारमा समस्या देखिएको जानकारी दिए ।

उनले सेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालिन रुपमा सुधार हुन नसकेको उल्लेख गरे । उनले सेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताए । लगानी,लगानीकर्ता भन्दा पनि पूर्वाधार र अन्य औजार कमी भएको बजारमा साना लगानीकर्ता पनि टेण्डर हुन खोज्दा पुँजीबजारमा नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए । उनले लगानीकर्ता पनि स्मार्ट भएकाले पुँजीबजारमा लगानीमैत्री वातावरण हेरेर लगानी गर्ने बताए । उनले अहिले पुँजीबजार माथि उठेर पनि टिक्न नसकेको अवस्था रहेको बताए । उनले बजार करेक्शन भएर लयमा फर्किन थालेको जानकारी दिए ।

उनले सरकारको आश्वसन र नीतिगत परिवर्तनले केही सुधार भएपनि छोटो समयमा धेरै बढेर करेक्शन हुन राम्रो भएको बताए । उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको बताए । उनले लगानीकर्ताले हल्लाको आधारमा भन्दा पनि कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर दीर्घकालिन सोचका साथ लगानी गर्न आवश्यक रहेको जानकारी दिए ।

लगानीकर्ताहरुले पुँजीबजारमा लगानी गरेको छोटो समय कारोबारी बन्न खोज्नु पुँजीबजार वृद्धिमा प्रभाव पर्नु हो । फलस्वरुप अहिले नेपाली पुँजीबजारमा त्यसको नकारात्मक प्रभाव परेको देखिन्छ । लगानीकर्ताले पुँजीबजारमा लगानी गर्दा बजारमा पछिल्लो अवस्था,कम्पनीको वित्तीय अवस्था र अन्तर्राष्ट्रिय परिवेशलाई समेत हेरेर दीर्घकालिन लगानी नगरेसम्म पुँजीबजार अहिलेकै गति भन्दा माथि जाने देखिँदैन । पुँजीबजारप्रेमी अर्थमन्त्री भनिएकाले अर्थमन्त्रीले पनि पुँजीबजार सुधारको लागि प्रयास जारी राख्यका छन् ।

यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताए । उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको जानकारी दिए । उनले पछिल्लो समय बजारमा शेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए । उनले सेयर बजारलाई लगानीकर्ता अनकुल चलाउन खोज्दा पनि बजार माथि जान नसकेको बताए । उनले बजार अनुकुल लगानीकर्ता चल्नुपर्ने भएपनि बजारलाई लगानीकर्ताले आफू अनकुल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको जानकारी दिए । उनले आगामी दिनमा पनि पुँजीबजार सुधार हुँदै जाने बताए ।

पुँजीबजारमा पछिल्लो बढाइमा एक चरणको करेक्शन साइकल पूरा भएको छ । करेक्शनले बजार बढ्ने आधार थप मजबुत बनाउँछ । तर बजार बाउन्स ब्याक भएको रुपमा लिने भन्दा पनि लगानीकर्ताहरु विभिन्न अफवाह फैल्याउने र आफू अनकुल बजार बनाउन खोज्नु दु:खद् पक्ष हो । पुँजीबजारको सुधार ठूला लगानीकर्ताले साना लगानीकर्तालाई भ्रम फैल्याएर भन्दा पनि दीर्घकालिन लगानीका साथ बजार प्रवेश गराउन जरुरी रहेको छ । अहिले सानोतिनो नाफा भएपनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकतामा लगानीकर्ताहरु देखिएका छन् ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्