Shikhar Insurance
National Life

संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौं : कार्यवाहक प्रधानमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताएका छन् ।

बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका दलहरुको सरकार बनेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने जानकारी दिए ।

उनले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्